दशैँ पछिको यो जीवन

Sun Oct 11 0 Comments

दशैँ टीकाको पर्सिपल्ट काठमाडौं सडक करिब सुनसान छन्। सवारी साधन थोरै मात्र छन्। हप्ता दिन अघिसम्मको निरन्तर वर्षापछि छ्याङ्ग खुलेको मौसमले काठमाडौं सफा देखिइरहेछ। भन्छन् नि मनोरम प्रकृतिमा आँखा ठोक्किँदा मनमा खुशी तरङ्ग बढ्छ। अनि त्यो प्रकृति नागार्जुन डाँडाजस्तो मोहक भइदिए? प्राकृतिक सौन्दर्य आर्ट गर्ने फ्रेन्च कलाकार क्लोड मोने कीर्तिपुर उमामहेश्वर छेउछाउ एकवर्षे क्यानभाष चलाउँथे […]

Read More

जो जिउने कला सिकाएर विदा भए

Wed Sep 23 0 Comments

जसले आफू बौद्ध हुँ भनेर कहिल्यै स्विकारेनन् तर विश्वभर बुद्धको शिक्षा फैलाए। जसले सम्प्रदायको साँघुरो घेरा कहिल्यै निर्माण गरेनन्, बरु सबै देशका मान्छेमा आश्चर्यजनक गहिराइबाट स्वतन्त्रताको चेतना जगाइदिए। जसको जीवनको सार भन्नु नै सबै वर्गका मानिसलाई समान ढंगले दुःखबाट आनन्द, घृणाबाट स्नेह करूणा अनि बन्धनबाट स्वतन्त्रताको बाटो देखाउनु रह्यो। विश्वका करोडौं गृहस्थसम्म विपश्यना ध्यान पुर्‍याउने […]

Read More

नेपालीलाई कोरोना भ्याक्सिन: संयन्त्र छ, पाउने मिति छैन

Sat Sep 19 0 Comments

कोरोना भाइरसबाट दैनिक ८—१० नेपालीले ज्यान गुमाइरहेछन्। शनिबार ११ जना मृतक थपिएसँगै एउटा सानो भाइरसबाट ज्यान गुमाउने नेपाली चार सय नाघेका छन्, संक्रमित ६२ हजार बढी पुगेका छन्। नागरिक जीवन बचाउन, निर्धक्क सामान्य जीवनयापनमा फर्किन भ्याक्सिन नभइ नहुने भए पनि नेपालमा कोरोना भ्याक्सिन प्राप्तिको विषय राष्ट्रिय बहसमा छैन। नागरिक मृत्युको श्रृंखलामा ब्रेक लगाउन नभई नहुने […]

Read More

बादलुको घुम्टोले सगरमाथा छोपिँदा (फोटो)

Thu Sep 10 0 Comments

दिल्लीमा विद्यार्थी छँदा धेरैले सोध्थे नेपालमा जन्मेर पनि सगरमाथा गएको छैनौ? मामुको ढावा जमघटमा साथीहरु घुमेका ठाउँको चर्चा उत्साहसाथ गर्थे। कतिले पदयात्राका कथा दक्षिण भारतीय फिल्मी शैलीमै सुनाउँथे।

Read More

नेपालीले कोरोना भ्याक्सिन कहिले पाउँछन्?

Fri Aug 28 0 Comments

अक्सफोर्डकी एक वैज्ञानिक क्लिनिकल ट्रायलमा संकलित रगत नमुनामा काम गर्दै। तस्विरः एपी नेपालमा कोरोना केस देखिएको ९ महिना पुगे पनि भ्याक्सिन ल्याउनेबारे अचम्मको शून्यता छ। कहाँबाट, कसरी अनि कुन प्रक्रियाबाट ल्याउने? सबै चुपचाप छन्। आउने पुसदेखि कोभिड—१९ भ्याक्सिन उपलब्ध हुने अन्तर्राष्ट्रिय मिडिया प्रक्षेपणहरु छन्। अनि ठूला, साना, धनी, गरिब सबै देश पहिला आफू चाहिरहेछन् भ्याक्सिन। […]

Read More