प्रेमले छोयो उसलाई

Wed May 12 3 Comments

‘हो, मैले उसप्रति प्रेमको भावना राख्न चाहेकी हुँ, कहिलै प्रेमपत्र लेख्न नसकेकी पनि हुँ। लेखे पनि केरमेट गरेर फालेकी हुँ। लेखेर तम्तयार राखे पनि पठाउन हिचकिचाएकी हुँ। तर अब म उसलाई सम्झिएर नजिक भइरहनु पर्ने कारण थिएन। देशमा लोकतन्त्र आइसकेको थियो। म किन उसको सामन्ती प्रेमको बन्दी बनूँ ?’ बिहानको खाजापछि नारायण वाग्लेको मयूर टाइम्स […]

Read More

सामान्य केटी झरना

Sat May 8 4 Comments

गएको दसैंमा विपश्यना ध्यान गर्न बुढानिलकण्ठ पुगेका धेरैले उनलाई चिन्न नसकेर फर्की-फर्की हेरेका थिए। र, झुक्किँदै भनेका थिए, ‘तपाईं झरना बज्राचार्यजस्तै हुनुहुँदो रै’छ।’ उनलाई नचिन्नु स्वाभाविक थियो। म्युजिक भिडियो र सिनेमाको पर्दामा देखिने उनका मादक आँखा त्यतिबेला प्रकृतिको जिम्मामा थिए, कृत्रिम गाजलबिना। अरू सौन्दर्य साधनले पनि उनको शरीरलाई छोएको थिएन। नेपाली ग्ल्यामर दुनियाँकी ‘बोल्ड एन्ड […]

Read More

नायकको पर्खाइ

Tue May 4 1 Comments

ए… म त पोखरा पो छु’, माओवादी हड्तालको दोस्रो दिन साँझ नागरिक नायक महावीर पुनले काठमाडौंमा नरहेको बताए। ‘अरे दाइ हाम्रो काम पनि नयाँ संविधान लेख्ने जस्तै हुने हो कि !’ मैले मजाकको शैलीमा भने। उनको बोली शान्त थियो। निस्फिक्री जवाफ फर्काए- ‘बाहिर जानुपर्ने काम धेरै छन्।’ त्यो एउटा समय थियो जतिबेला म बद्लिँदै थिएँ। […]

Read More

प्रेमचन्द्रमसँग प्रेम गफ

Wed Apr 28 1 Comments

श्लेशमान्तक वनका रुखहरु लगभग पातबिहीन छन्। वसन्त ऋतुका लागि यिनीहरु फेरिँदैछन्। एक साता पछि बिहानीमा फेरि एक्लै मृगस्थली डाडाँ (पशुपति) मा छु। मर्निङ वाक गर्न आएका भुँडेहरु स्वाँ स्वाँ गर्दै पशुपतिनाथ पारिपट्टिको उकालो-ओरालो गर्दैछन्। खुच्चिङ ! हुनुपर्योक नि म जस्तै ‘स्लिम !’ एक मनले तिनलाई जिस्क्यायो। मेरो अनुहारमा खुशी देखियो होला है! खै ‌ऐना भए […]

Read More

पार्टीमा याे क्लिक!

Sun Apr 25 0 Comments

हिरोइन करिस्मा मानन्धर नागरिक वार्षिकोत्सव पार्टीमा आकर्षण केन्द्र बनिन्। ४० नाघेकी यी हिरोइनको सौन्दर्य चमत्कार देखेर उनकी छोरीको उमेरका ठिटाहरु समेत फिदा देखिए। हुन त करिस्मासँगै पार्टीमा हिरोइन निरुता सिंह र सुस्मिता केसी पनि थिए। तर पनि टिगफका टेक्निकल सहयोगी लक्ष्मणले भने- ‘करिस्मासँग एक स्नाप प्लिज।’ लक्ष्मण मात्र कहाँ हो र अरु क्षेत्रका एक से […]

Read More