अग्रगमनतिर

Tue Jun 29 3 Comments

स्याटेलाइट र झरनासँग पुस्तक बालुवाटार पुर्‍याएर अफिस आउँदा इम्बक्समा ५ इमेल थिए। यूरोपतिर बस्ने एक पाठकको इमेल पढेपछि एकैछिन भए पनि हाँस उठ्यो। मन फुरुङ्ग भयो। आफूलाई नजिक्याउँदै लेखेकी रहिछन्- ‘हिजोआज तपाइँलाई ब्लगमा क्यै लेख्न मन लाग्दैन है ! नलेख्नुस पनि ! लेखे मसी सिद्दिन्छ। बिन्दास लेख्ने मान्छे के बिधि अल्छी भा को ?…’ 🙂 […]

Read More

पर्खाइ पूर्वधारणा बिना

Wed Jun 23 0 Comments

हिजै देखिको एउटा पीडा के को हो भन्नेमा म आफैँ अलमलमा छु। कतै गएको बेला बाहेकको मेरो संसार बन्ने मेरो कोठाले पनि आज विरक्त पारेको छ। खै कुन जाँगरले हो कुन्नि यस्तो असहज अवस्थामा पनि अफिस पुग्न सकेँ। सधैँ न्युजसँग खेल्दा आनन्द लाग्थ्यो। आज कम्प्युटर नजिकै गएर बस्नै पनि मन लागेन। आराम कक्षको एसी अफ […]

Read More

मैदानमा म्याराडोना (फोटो)

Sat Jun 12 1 Comments

विश्वकप १९९४ लिग चरणमा नाइजेरियालाई हराएपछि दुःखद बिदाइ भोगेका महान फुटबलर डिएगो म्याराडोना सोह्र वर्षपछि शनिबार फेरि विश्वकप मैदान उत्रिए। उनी फेरि टेलिभिजन क्यामेराको मुख्य निसाना बने। १६ वर्षअघिको दुःखद बिदाइ बिर्साउँदै म्याराडोनाको अर्जेन्टिनाले शनिबार विश्वकपमा सानदार सुरुवात गरेको छ। मैदानमा म्याराडोनाको प्रवेशले अर्जेन्टिनाका फ्यान फेरि एक पटक उत्साही छन्। अर्जेन्टिना-नाइजेरिया खेल फोटोमार्फत। टिम अर्जेन्टिना […]

Read More

अर्जेन्टिना हार्न सक्छ

Thu Jun 10 0 Comments

बाटुस्टुटा बल लिएर जब डि-एरिया नजिक पुग्थे। जमैकाका गोल किपरको सातो जान्थ्यो। पोलको यो कुना त त्यो कुना गर्दै तिनी त्यसै नर्वस हुन्थे। नर्वस नहुन पनि किन उनी आँखा झिम्क्याइ झिम्क्याइ गोल ठोक्थे। देब्रे आँखा झिम्क्याउँदै प्रहार गरेको स्ट्रोङ सट ग्रेटवाल नै छेड्ला झै गरिको हुन्थ्यो। लिग चरणको म्याचमा ओर्टेगा र बाटिस्टुटाले गरेका ती पाँच […]

Read More

कुरी-कुरी प्रचण्ड

Mon Jun 7 2 Comments

प्रचण्डको घुमफिर जीवन साँच्चै लोभलाग्दो छ। कहिले लप्सीफेरिदको झुले त कहिले धुलिखेलको द्वारिकाज रिसोर्ट। जुन ६ को प्रचण्डको हेलम्बु (सिन्धुपाल्चोक) घुमफिरमा चाहिँ उनको कट्टु खुस्कियो। महान गौरवशाली पार्टीका शक्तिशाली अध्यक्षको कट्टु खोलिँदा वाइसीएल के हेरेर बस्यो ? जनमुक्ति सेना कहाँ थियो ? भन्ने प्रश्न पनि उठ्ला। हो, तिनीहरु साथै थिए। फेरि हाम्रा सबै कमरेडहरुलाई अध्यक्ष […]

Read More