बाई बाई सेक्सी नोज !

Tue Aug 17 0 Comments

जाडोले नाकबाट पानी चुहाउँदै अन्डरग्राउन्ड फ्लोर छिर्दै गर्दा सिंगै काठमाडौं थर्किरहेको छ। हृवास्स आएको इनामेलको गन्धले मेरो नाकलाई छोएर भित्र गयो। १९७४ एडीको ‘गुराँस फुल्यो बनैमा’ बजिरहँदा मेरा आँखा एउटा कुनामा पुगेर टक्क अडिए- ‘असलविरुद्ध दुस्टहरु’। भित्तामा बुद्ध, सोक्रेट्स र आन्स्टाइनविरुद्ध विन लादेन, बिरप्पन र हिटलर छन्। ७ बजे दरबारमार्गको ‘किग्स बर्गर’बाट सुरु भएको हाम्रो […]

Read More

तिमीले छोएको मान्छे

Sun Aug 15 7 Comments

त्यो अप्रिल महिना सम्झन्छु। छक्क लाग्छ। सम्बन्धको अन्तिम विदाइका लागि उ मसँग थिई। ‘मेरा गल्ती कमजोरी भन। सुध्रिन्छु नि प्लिज मलाई नछाड।’ मेरो कुरा सुनेर ठिङ्ग उभिएको उसको त्यो इमेज फ्लासब्याकमा आइरहेछ। संसार नै खसेजस्तो भएको त्यो क्षण मैले आफ्ना सबै इगो पैतलामुनि कुल्चँदै बच्चाले झैँ अनुनय गरेको थिएँ- ‘म कोसँग सपिङ जानु नि ? […]

Read More

नहारेको मान्छे

Sun Jul 25 1 Comments

असारको तेस्रो साता विप्लव दाइले गुरुकुलमा नहारेको मान्छे सहित झन्डै तीन दर्जन कविता सुनाए। गुरुकुल डाँडोमा विपल्वदाइ भेटिएपछि ७ वर्षअघि लाजिम्पाटको एक भेटमा उनले भनेको सम्झिएँ- कुनै दिन यस्तो आउला, कविहरु सेलिब्रेटी होलान्। अनि मेरो कविता सुन्न मान्छेहरु टिकट काटेर आउलान्। ७ वर्षपछि उनको त्यो सपना साकार हुँदै गर्दा म त्यहीँ थिएँ। डेढ वर्ष जति […]

Read More

मैदानमा लाहुरे

Sun Jul 11 2 Comments

बागवीर पाइजा ब्रिटिस गोर्खामा भर्ती हुँदा गाउँमा शिक्षाको उज्यालो थिएन। ढुंगाको गारो लाएर बनाएका विद्यालय त थिए, तर तिनमा खासै विद्यार्थी आउँदैनथे। म्याग्दीको शिख गाउँमा लाहुर जानुलाई सानको विषय ठानिन्थ्यो। चुरोट, बिँडीका प्याकेट र लडाइँका किस्सा बोकेर गाउँ फर्केका लाहुरे शिख देउरालीको चौतारोमा दिनभरि गफिन्थे। अनि जोडी पाए त्यतै रोधी बसाउँथे। २०२५ सालतिरको ग्रामीण सामाजिक […]

Read More

‘डेटलाइन अर्थ्’

Tue Jul 6 1 Comments

ढुंगेयुगमा मान्छे हिँडेको जस्तो देखिने जंगलभित्रको बाटोको अवशेषमा मानव पाइला पहिल्याउँदै हामी अघि बढिरहेछौं। हावाले लडाएका रुखहरु यत्रतत्र छन्। तिलको दाना छिर्न पनि गाह्रो हुने जस्तो घना जंगलको रुखबाट तप तप पानी चुहिरहेछ। अनि पाँच दश मिनेटको फरकमा हुस्सु आउने र जाने गर्दा कपालमा शीत परेको छ। घान्द्रुक जान हिँडेका हामी (स्याटेलाइट) कहाँ आइपुग्यौ पत्तो […]

Read More