सहजै ऊ गयो

Sun Nov 28 0 Comments

घोत्लिने र सोचमा हराइरहने बानीले कहिले कहीँ मेरो पूरै दिनै कोठाभित्रै बित्छ। आज फेरि अफिस गइनँ, साथीहरु छाडिनु स्वभाविकै भयो। एक्लाइभित्र एउटा परिधि निर्माण गर्नु अनि त्यही परिधिभित्र रमाउँदै र दुःखी हुँदै बाँच्ने जीवनशैलीसँग म अभ्यस्त भइसकेँ। यसले मलाई कतिपय बाह्य विषयबाट अलग पारिरहेछ। प्रतिष्ठा र पैसा कमाउने अवसरले मलाई पछि छाडिरहेछन्। तर यसमा मलाई […]

Read More

हलिउड चमक (फोटो फिचर)

Tue Nov 16 0 Comments

जय नेपालमा ‘कोही मेरो’को प्रिमियर सो हुँदा निर्देशक आलोक नेम्वाङ र हिरोइन झरनाको व्यस्थता देखेथेँ। हिरोइन र मुख्य कलाकार सहित सम्पूर्ण टिमै लागेर प्रिमियर सो गराउने संस्कृति त हलिउडकै पो रहेछ। हेर्नोस् त २४ नोभेम्बरबाट रिलिज हुने Burlesque को प्रिमियर सो को चमकधमक। क्यालिफोर्निया गुल्जार पार्ने कार्यक्रमका सबै तस्विर चेरिस पिज्जेलियोको क्यामेराबाट।

Read More

दिन्छौ देखालाई धम्की ?

Tue Nov 9 0 Comments

फिल्मवाला दादा मुन्द्रेहरुलाई तर्साउन नायिका रेखा उर्फ देखा थापाले वाइसीएल काठमाडौं इन्चार्ज चन्द्रबहादुर थापा उर्फ सागरलाई भाइटीका लगाइदिएकी छन्। मुम्बइमा अन्डर वर्ल्डका डनहरुले बलिउड कलाकारसँग पैसा असुल्ने गरेको त सुनिएकै हो। देखाले चाहि अलि भिन्नै किसिमले आफ्नै क्षेत्रका डनहरुबाट आइटम गर्ल बन्न दबाव खेप्दै आएकी थिइन्। आफ्नो चलचित्रमा आइटम डान्सर बन्ने प्रस्ताव निर्मात अर्जुन कार्कीले […]

Read More

भूमध्यरेखामाथि विजयकुमार

Sun Nov 7 0 Comments

बीबीसी नेपाली सेवामा खरा प्रश्न गरेर नेतालाई हायल कायल पार्ने रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा सार्वजनिक समारोहमा पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गर्ने भएका छन्। १४ नोभेम्बरमा पुस्तकलाई माओवादी नेता बाबुराम भट्टराई र उपेन्द्र महतोले जाउलाखेलको मोक्ष क्याफेमा सार्वजनिक गर्दैछन्। रसियाका व्यस्त तेल व्यापारी उपेन्द्र महतो पुस्तक विमोचन गर्न भनरै एक दिनको समय लिएर काठमाडौं […]

Read More

दशैँ यात्रा

Sat Oct 23 0 Comments

त्रिभुवन विमानस्थलमा खुबै भिडभाड छ। ट्रली गुडाएर विदेशबाट फर्किएका युवाको प्रशन्न अनुहारले दशैँ उल्लासको झल्को दिइहेछ। अनि कति चाहिँ हातमा बोर्डिङ पास लिएर नयाँ यात्राको प्रतीक्षा गरिरहेछन्। काठमाडौं फर्किए लगत्तै म फेरि अर्को यात्राका लागि विमानस्थलमा छु। गाउँका धुलो मैलोसँग जीवन साट्दै हुर्किएका अनुहार केही वर्षको विदेश बसाइले होला चिल्लो भएछन्! मनैमन मैले अनुमान लाएँ। […]

Read More