पुस्तकालय यात्रा

Thu Jan 27 0 Comments

‘हुन्छ हुन्छ सिधै कलंकी आए हुन्छ’, सुन्धारा कार्यालयबाट निस्कदै गर्दा मैले नारायण श्रेष्ठसँग फेरि मिटिङ पोइन्ट फिक्स गरेँ – ‘श्यामा आयल स्टोरमा पर्खौं।’ मुम्बइबाट यसै साता फर्केको स्याटेलाइटसँग कलंकी पुग्दा भोला शर्मा पूर्वनिर्धारित स्थानमै भेटिए। हामीबीच औपचारिकताको पर्खाल नै के छ र ! तै पनि भनिहालौं- ‘नमस्ते ! नमस्ते !!’ हामी साझा सावल गर्ने साथी […]

Read More

के छैन अमेरिकामा ?

Wed Jan 5 0 Comments

मेरा धेरै साथीभाइ इष्टमित्र तथा आफन्तहरु यहीँ अमेरिकामा छन्। कसैले ग्रिनकार्ड पाएका छन्, कोही नागरिक नै भएका छन्। म डायलस एयरपोर्टमा निर्धारित समयमा उत्रँदा त्यहाँ मलाई लिन एकजना होचो कद गरेको भाइ उपस्थित थिए। ‘आर यू मीस्टर पोखरेल ?’ इ सिक्स्टिन नम्बरको काउन्टरमा मलाई लिन पर्खिने ती भाइ वीरगञ्ज घर भएका रोशेन पोखरेल रहेछन्। साथी […]

Read More

बद्‌लिन्छ जीवन

Wed Dec 29 0 Comments

त्यो बेला माछा, भ्यागुता र सर्पहरु मेरा मुख्य दुस्मन थिए। आमाको अर्ति सुन्ने/बुझ्ने धैर्यता कहाँ !? भेट्यो कि मारिहाल्यो। सम्झँदा पनि जिउ जिरिङ्ग हुन्छ। त्यो दिन मैले कालो गोमन समातेँ। गोमन मुसाको दुलोभित्र तेर्सिर बसेको रहेछ। धान निकाल्न दुलोमा हात हालेको। गोमन च्याप्पै ! बरफजस्ता चिसा सर्प त पहिला पनि समातेको थिएँ तर गोमन कालको […]

Read More

सिद्धार्थदेखि बुद्धसम्म

Sun Dec 5 0 Comments

‘बाबुआमा र गुरुले त केही समय डोर्‍याएर तिमीलाई चौबाटोमा छोडिदिन्छन्’, बुद्ध १० वर्षपछि शुद्धोधनको दरबार फर्किएर छोरा राहुललाई जीवन जगत्‌को यथार्थता सम्झाउँदैछन्- ‘त्यसपछि आफ्नो भविष्यको अविष्कारक आफैँ बन्नुपर्छ।’ कोनराड रुक्सको निर्देशनमा हलिउडमा बनेको ‘सिद्धार्थ’ हेरेको भोलिपल्टै ‘सिद्धार्थ गौतमदेखि बुद्धसम्म… एक यात्रा’ नाटक हेर्न म गुरुकुलमा छु। तीन सय क्षमताको रिमाल थिएटरमा खचाखच दर्शक सामु २५ […]

Read More

बेगनासको फरक यात्रा

Fri Dec 3 0 Comments

सोमबार मिर्मिरेमै ज्योति भवन, जमल पुग्दा टुरिस्ट बसहरु प्यासेन्जर चढाउँदै थिएँ। ठिहिराइरहेका हातमा मिनिरल वाटरको बोतल बोकेर यताउता गरिहरहेका पर्यटकहरुले सडकको पूर्वी पेटी पूरै भरिएको थियो- यूएस रिक्रिएशन सेन्टरको दक्षिणी कुनोदेखि नबिल बैंकसम्मै। काठमाडौं तापक्रम झन्डै ६-७ डिग्रीमा ओर्ले पनि बिहानै नुहाएर हिँडेको मेरो केस चिसै छ। डच परिवारजस्तो देखिने एउटा विदेशी परिवारका दुई बच्चाहरुमध्ये […]

Read More