Would you change?

Thu Jun 30 0 Comments

If you knew that you would die today, Saw the face of God and love, Would you change? Would you change? If you knew that love can break your heart When you’re down so low you cannot fall

Read More

ससुराली राम्रो; साली हुनाले !

Fri Jun 10 0 Comments

रिजर्भ गरिएको एउटा महिन्द्रा जीप ढिमुवा (पर्वत)बाट हाइवे छाडेर तिल्हारको उकालो लाग्दा मेरा आँखा हरियो जंगल र अग्ला पहाडसँग बरालिरहेछन्। मन प्रशन्न भए पनि शरीरलाई सञ्चो छैन। संविधानसभाको मिति थप्ने दिनदेखि रुघा, खोकी ज्वरोसँगै स्वर यसै भासिएको छ। तैपनि पुस्तकालय सञ्चालनको मिति पछि नसार्न जिद्धि कस्दै हिँडेको; पहाडको शुद्ध अक्सिजन लिने अवसर मिल्यो। निलो आकास […]

Read More

फेरि यो दिन सम्झन चाहन्छु

Thu May 19 0 Comments

पूर्णिमाको पूर्णचन्द्रमा टहटह चम्किरहेछ। छतमा निस्केर म काठमाडौं सहरतिर आँखा घुमाइरहेछु। चन्द्रमा जति जति पश्चिमतर्फ सर्दै गइरहेछ बोधिमण्डलको वातावरण त्यति शान्त र मनोरम हुँदै गएको छ। ५ वर्षपछि क्यालेन्डर फेरिँदा म यो पटक केही बढी नै शान्त थिएँ। १७ मे २००६। धम्मश्रृङ्गमा म पहिलो पटक ध्यान गर्दै थिएँ। रमाइलो संयोग त्यही मितिमा आज बुद्धपूर्णिमा परेछ। […]

Read More

परिचित बाटो, अपरचिति यात्रा

Fri May 6 0 Comments

‘दिस इज योर सर्फेसियल इन्टोडक्सन’, फलनो ठाउँमा काम गर्ने फलानो मान्छे। पहिलो भेटमा त्यो भन्दा बढी के भन्नु त । मैले क्यानेडियन ठिटो मार्कलाई त्यही भनेँ। उसले मलाई सुरुवातको वाक्य फर्कायो। सामान्य ग्रिटिङका लागि समेत हग, किस र छटपटीमै पनि ‘नाइस टु मिट यू’ भनेर देखावा प्रदर्शन गर्नैपर्ने समाजबाट आएको मार्क भिन्न रहेछ। वास्तविकताको लेभलमा […]

Read More

तिम्रो मंगल होस्

Mon May 2 0 Comments

एउटा नयाँ अनुभवका लागि आतुर भइरहँदा त्यो क्षण फेरि म खिस्रिक्क परेँ। मलाई चिन्छु भन्ने विपश्यनाको पूर्व साधक कोही थिएन। फर्ममा कसैको सिफारिश चाहिने स्पष्ट थियो। अध्यात्मको क्षेत्रमा के जिद्दी गरिरहनु। म कर्मचारी दिदीसँग प्रतिवाद नगरी सर्लक्क फर्कें। सोचेँ मेरो सर्कलमा कोही ध्यानी छैनन्। जो छन् ती कहाँ छन् भन्ने टुंगो छैन। यसो गरु कि […]

Read More