ओबामाले छोरीहरुलाई फेसबुक चलाउन प्रतिबन्ध लाए
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्ना दुइटै छोरीहरुलाई फेसबुक प्रयोग गर्न बन्देज लगाएका छन्। सन् २००८ को राष्ट्रपती चुनावमा सामाजिक सञ्जाल साइट फेसबुककै सहयोगमा चुनाव जितेका ओबामा परिवारका निजी विषय सार्वजनिक भएको रुचाउँदैनन्। वेलायती पत्रिका डेली मेलको अनलाइनका अनुसार परिवारका मामिलामा बाहिरी व्यक्तिले दख्खल नपुर्यायोस् भनेर उनले आफ्ना दुई छोरीहरुलाई फेसबुकबाट टाढै राखेका हुन्। छोरीहरु टिनएजमा प्रवेश गर्दै गर्दा फेसबुकबाट ‘फस्ट फेमिली’का गोप्य कुराहरु सार्वजनिक नगरुन्, फेसबुकमा बरालिने समय पढाइमा लाउन्, भनेर ओबामाले यस्तो कदम चालेको बताइन्छ।
दुवै छोरीहरु परिपक्व उमेरका छैनन्। जेठी मालिया १३ वर्षकी छिन् भने कान्छी ससा अर्को वर्ष ‘टिन एज’मा प्रवेश गर्दैछिन्। टिनएजको चञ्चले दिमागले परिवारका गोप्य कुरा सार्वजनिक गरिदिने सम्भावना बढेपछि राष्ट्रपतिले यस्तो निर्णय लिएको बताइन्छ।