बादलुको घुम्टोले सगरमाथा छोपिँदा (फोटो)
रमेश पोख्रेल
दिल्लीमा विद्यार्थी छँदा धेरैले सोध्थे नेपालमा जन्मेर पनि सगरमाथा गएको छैनौ? मामुको ढावा जमघटमा साथीहरु घुमेका ठाउँको चर्चा उत्साहसाथ गर्थे। कतिले पदयात्राका कथा दक्षिण भारतीय फिल्मी शैलीमै सुनाउँथे।
अनि मलाई लाग्थ्यो, ‘अब उकालो लाग्ने भनेको सगरमाथा नै हो।’
मेरो मस्तिष्कमा सगरमाथा यात्राको बिउ त्यहीँ रापिएको हो। काठमाडौंबाट सगरमाथा जानु भनेको अमेरिकी, युरोपेली, अष्ट्रेलियालीसहित थरिथरि देशका नागरिकसँगै जहाजमा उड्नु र हिँड्नु पनि हो।
फेरि एक पटक म सन् २०१८ मा तिनै गोरोछाला वालाहरुसँगै सगरमाथा पुगेँ। सगरमाथा यात्रा यो पहिलो थिएन तर यो पटक देखिएको हिमाली रुप विशेष थियो। हिमालको अनुहार त बादलको घुम्टोभित्र पो रहेछ।
छोटो ६ दिने पदयात्रा स्याङ्बोचेसम्मलाई हो। अलि पर जान मनभए गोक्यो वा गोक्यो ‘री’सम्म पुगिन्छ। १७ दिन लगाउन सके एभरेस्ट बेस क्याम्प र कालापत्थर छुइन्छ। चुचुरो चढ्ने आरोहीहरु यहीँबाट सर्वोच्च शिखरतर्फ लाग्ने हुन्। फेरि स्याङ्बोचे र गोक्यो बेसक्याम्प कालापत्थर जाने बाटैमा छन्। सगरमाथालाई नजिकबाट नियाल्न ५ हजार ३८४ बेसक्याम्प वा त्योभन्दा उचाइको कालापत्थर नपुगी सुखै छैन।(रमेश पोख्रेल द एशिया लाइभका प्रधान सम्पादक हुन्। सबै फोटो अनि भिडियो उनकै हो।)
भिडियो