आहा ! अन्नपूर्ण (फोटो)

–रमेश पोख्रेल
सहरको कृत्रिम व्यवहार र दौडधुप झेल्दै जाँदा कहिले कहीँ दिक्क लाग्छ। अनि निस्कन्छु प्रकृति छुने यात्रामा। सहरमा मान्छे धेरै छन्, छलकपट पनि धेरै। हिमाली भेगतिर थोरै मान्छे भेटिन्छन्, छलकपट पनि थाेरै। त्यही भएर मलाई यात्रा मनपर्छ, विशेषगरी हिमाली यात्रा।
हिमाली दृश्य हेर्दै पदयात्रा गर्न चाहनेका लागि गजब गन्तव्य हो, अन्नपूर्ण ट्रेक। अन्नपूर्ण क्षेत्रमा मुख्य तीन प्रमुख रुटहरु छन्। अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण पदमार्ग र अन्नपूर्ण सर्किट। हिमालले घेरिएको अन्नपूर्ण आधार शिविर पदयात्रुका लागि आकर्षण केन्द्र हो। अर्को हो, अन्नपूर्ण सर्किट। यी दुवै ट्रेकमा निस्कनेहरुले अन्नपूर्ण हिमाललाई फन्को लगाउँछन्।

अन्नपूर्ण सर्किटबाट मार्दी बेस क्याम्प पुग्न ४ घन्टा लाग्छ। यो यात्राको सबैभन्दा उच्च स्थान ५ हजार ४ सय १६ मिटरमा अवस्थित थोराङ्ला पास हो। अन्नपूर्ण सर्किटबाट मार्दी बेस क्याम्प पुग्न ४ घण्टा लाग्छ। ४ हजार १ सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण बेस क्याम्प कम खर्चिलो र सजिलो पदमार्गका पनि हो। साहसिक पदयात्रा मन पराउनेहरू पनि यो रुटमा भेटिन्छन्। लमजुङ, बेँसीशहरदेखि शुरु हुने अन्नपूर्ण पदमार्ग पोखरा पुगेर सकिन्छ। लमजुङ हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यट मनाङ पुग्छन्।

अन्नपूर्ण हिमाल समूह तथा आसपासका ७,६२९ वर्ग मिटर क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित छ। मुक्तिनाथ, जोमसोम, कालोपानी, तातोपानी, बेनी हुँदै पोखरा झरेपछि यो पदयात्रा सकिन्छ।
(रमेश पोख्रेल द एशिया लाइभका प्रधान सम्पादक हुन्। सबै फोटो उनकै हुन्।)



