डार्लिङ च्याट र लाइब्रेरी
‘ओहो… डिस्टर्भ होला !’, रुम छिर्ना साथ मेरो अडियो कुराकानी सुनेर किरण भण्डारी दाइ र उजिर मगर झसङ्ग भए। गोरखा र पर्वतमा निर्माण हुन गइरहेका पुस्तकालयको लागि सहयोग जुटाउन म मिटिङ हलमा बसेर यूरोप-अमेरिकाका साथीहरुसँग स्काइप, फेसबुक र जीमेलबाट कुराकानी गर्दैछु। ‘भइहाल्छ नि म पनि सघाउँछु; साथीहरुलाई पनि भनुँला’, न्युयोर्कबाट विनोदले आश्वसन दियो।
विहेको प्रसङ्गमा मैले उसलाई नफर्काएको एउटा जवाफ- ‘जीवनभरि सेवा गर्ने गर्लफ्रेण्ड पाए कसले विहे गर्थ्यो त भाइ !’ 🙂
राजनीतिक ब्युरोका सिनियरहरु के खासखुस गर्दै थिए मैले वास्ता गरिनँ। हिँडेछन्। स्काइपको अनलाइन लिष्टमा आइपुगी नेदरल्याण्डबाट प्रजिना। उफ! उ त बेडमै पो रहिछे। ‘चिसो छ त्यही भएर।’ अल्छी महारानी 🙂 धेरै महिनापछि भेट भएको गफका विषय कति हुन् कति…। ‘विपश्यना, झलनाथ कमरेडको कुर्सी, ‘सादी-बर्वादी’देखि भ्यालेन्टाइन्स र मःमः मेनिया सम्मै। हत्तेरी मुख्य कुरा त भन्नै बिर्सेंछु।
‘म यहाँ साथीहरुलाई लिङ्क सर्कुलेट गर्छु। केही होला’, नेदरल्याण्डको इन्स्टिच्युट अफ सोसल साइन्समा मास्टर्स गर्दै एउटा एनजिओमा काम गरिरहेकी उसले आश्वसन दिइ।
फेसबुक च्याट लिष्टमा छ लन्डनबाट नवीन पोखरेल। ‘पछि कुरा गरौंला है’, प्रजिनालाई मुखले बाइ… भनेर स्काइप कन्फरेन्स बन्द गर्दै मैले नवीनलाई फेसबुकमा लेखिहालेँ- ‘हाइ।’
यत्रो संसारै हल्लाउन विषयबाट उ किन अछुतो रहन्थ्यो। सोधि त हाल्यो। ‘भ्यालेन्टाइन्स स्पेसल के छ ?’
‘म डार्लिङकै अङ्गालोमा छु।’
उसले चाहिँ गर्लफ्रेण्ड सम्झेर फेसबुक स्टाटस लेखेको छ- ‘ Love u dear !!!! happy valentine….I am unable to meet you due to our heactic schedule but our love would be remaining forever…. ‘
‘साँच्चि अङ्गालोमै हो ? डिस्टर्भ भयो कि ?’
‘भा’छैन। गोरखा र पर्वतको लाइब्रेरी क्याम्पियनलाई लन्डनबाट सहयोग हुन्थ्यो कि भन्ने आशा गरेको। के छ स्थिति ?’
‘मेरो बोससँग कुरा गरौं कम्प्युटरको लागि ? केही हुन्छ।’
‘राम्रो हुन्थ्यो यार त्यसो भए त।’
१२ घण्टा अनलाइन कुराकानी भइरहने उसलाई के बाइ भनिरहनु। चुपचाप म अमेरिकातिर हानिँदैछु। आज आइतबार (अमेरिकामा बिहान यता साँझको ७ पछिको समय) विदा। बोष्टनबाट उत्तमबाबु झुल्कियो। ‘ह्याप्पी जनयुद्ध दिवस!’ लौ मलाई नखाएको अमृत/विष पो लाग्ला जस्तो छ 🙂 ‘म पछि कुरा गरौंला है’ उसलाई सबै थाहै थियो। के कुरा गर्नु ! जीमेल च्याटमा थिइ टोरन्टोबाट सुस्मिता।
‘पीएचडी थेसिस सकियो ?’
‘पीजीडी सकियो ?’
दुवैले उस्तै प्रश्न एकै पटक आउनु एउटा संयोग मात्रै थियो। तिनको फरक फरक जवाफ साटासाट भएपछि सोधीहाली- भ्यालेन्टाइन स्पेसल कोसँग हो नि ? (यी केटीहरुलाई कति चासो परेको हो ? 🙂 :))
‘डार्लिङको अङ्गालोमै छु म त’ मैले भने
उ निकै एक्साइटिङ भइ। भनी- ‘बा बा। ल बधाइ छ। भिडियो कन्फरेन्समा देखाउ त ?’
लाइभ भिडियो च्याटले जोडी त हाल्यो टोरान्टो-काठमाडौं।
भ्यालेन्टाइन अघिल्लो बिहान पिङ्क स्वेटर लगाएकी उ निकै हिस्सी देखिइ। साना चिम्सा आँखा छोप्ने रातो फ्रेम गरेको चश्मा अझै उस्तै रहेछ। मैले मेरी डार्लिङको परिचय गराउँदै टेक्स र मुखले एकै पटक उच्चारण गरेँ- नागरिकन्युज डट कम। 🙂 🙂
हा… हा… हा…
‘उफ! जोक गर्ने तिम्रो बानी अझै उस्तै छ है ?’
‘सिरियस भएर त म काम गर्छु नि। लाइब्रेरी बनाउन लाग्या केही हेल्प गर्दैनौ ?’
‘गरौंला नि। अलि राम्रै सहयोगको लागि एनआरएनको नवराज गुरुङसँग कुरा गरेर खबर गर्छु है। ‘
त्यो त झन राम्रो नि।
उसँगको जीमेल भिडियो च्याटसँगै म देखिरहेछु च्याट लिष्टमा दोस्तहरु। सिड्नीबाट रोशन र पर्थबाट सरोज। कोपनहेगेनको सस्तो काल्सबर्गले मोटाएको सन्तोष अनि लजाइ लजाइ टुबोर्ग पिउने भाष्कर तथा हेल्सिन्की (फिनल्याण्ड)बाट च्यारिटीका लागि उत्साही हुने सन्तोष गौतम। घर फर्केर नियमित काम गर्न बितिसक्यो। अफिसको भेनभन्दा मधुर म्युजिक सहितको कारको यात्रै रमाइलो। ‘जाने बेला भएन सर ?’ कस्तो भाग्यमानी ! ऋषि बोलाउनै आइहाल्यौ। एउटा सान्ट्रो कारमा जमलतिर हुइँकिनु अघि मैले आइपड फिफ्थ जेनेरेशनको बटन घुमाएँ। ह्यान्स फ्रीमै बज्यो…
कसरी जिउँछु भन्न सक्दिनँ…. एक्लो बिरानो… यो जिन्दगी..
जिउँदो लाश बन्छ… तिमी बिना जिन्दगी…
तिमी मेरो जिन्दगीको किरण… तिमी मेरो भविष्यको आशा…