दिन्छौ देखालाई धम्की ?
फिल्मवाला दादा मुन्द्रेहरुलाई तर्साउन नायिका रेखा उर्फ देखा थापाले वाइसीएल काठमाडौं इन्चार्ज चन्द्रबहादुर थापा उर्फ सागरलाई भाइटीका लगाइदिएकी छन्। मुम्बइमा अन्डर वर्ल्डका डनहरुले बलिउड कलाकारसँग पैसा असुल्ने गरेको त सुनिएकै हो। देखाले चाहि अलि भिन्नै किसिमले आफ्नै क्षेत्रका डनहरुबाट आइटम गर्ल बन्न दबाव खेप्दै आएकी थिइन्। आफ्नो चलचित्रमा आइटम डान्सर बन्ने प्रस्ताव निर्मात अर्जुन कार्कीले गरेका थिए। कार्कीले निर्माण गर्न लागेको सो चलचित्रमा अरुणिमा लम्साल मुख्य नायिका छिन्। आइटम डान्सरको प्रस्ताव अस्वीकार गरेपछि क्रुद्ध बनेक कार्कीरले देखालाई अपहरणको धम्की दिएको चर्चा चलेको थियो। यसअघि मुन्द्रा लगाएर हिरोहरुसँग भिड्ने फाइटर कार्कीको हरकतदेखि वाक्क भएकी रेखाका अगाडि उनको के चल्थ्यो र !
युग सुहाउँदो स्वभावकी देखाले अर्जुनलाई ठिक लाउने जुक्ति निकाली हालिन्। र, आइतबार वाइसीएल काठमाडौं इन्चार्ज सागरको निवास बौद्ध पुगेर भाइटीका लगाइदिइन्। फिलिमका नक्कली पेस्तोल पड्काउने मुन्द्रे दादाहरु अब पनि दिन्छौ कि देखालाई धम्की !
फेरि महान् गौरवशाली पार्टीको होनहार युवा नेतालाई टीका लगाइदिँदा उनले कम्ति त्याग र बलिदान पनि त गरेकी छैनन्। जसका कारण देखाका दुई दाजुहरुको निधार भाइटीकामा खाली रह्यो।
क्रान्तिकारी पार्टीको युवा नेताले पनि देखाले देखाएको त्याग-संघर्षलाई राम्रैसँग मनन् गरेका रहेछन्। उनले भाइटीकाको भोलिपल्टै भनिहाले- ‘हिरोइनको ग्लामर देखेर हैन उनको त्याग र संघर्ष देखेर बहिनी बनाएको हुँ।’ हुन पनि हो कमरेड सागरका खातिर उनले आफ्ना दाजुभाइ नै त्यागिदिइन्। कत्रो त्याग ! रह्यो कुरा संघर्षको। सागरले मनासिबै कुरा गरेका हुन्। प्रचण्ड र बाबुराम कमरेड जस्ता एकदुई नेता बाहेक देखाले जति संघर्ष गर्ने को नै छ र आखिर माओवादीमा ? सागर रोल्पाको होलेरीमा नेपाली सेनासँग भिडिरहँदा देखा भिलेनहरुसँग चलचित्रका पर्दामा लडिरहेकै थिइन्।
जनताको रगतले सिञ्चेको गौरवशाली पार्टीले कमरेड देखा थापाको त्याग र बलिदानको उच्च मूल्यांकन गर्दै आगामी विस्तारित बैठकमा एउटा विशेष पद सिर्जना गरेर उनलाई पार्टीमा पूर्ण समायोजन गरोस् भन्ने लाखौं कार्यकर्ताको माग छ। 🙂 कार्यकर्ता ? मने जनताको माग छ। 🙂 🙂
सागरलाई दही खुवाउँदै।
अबदेखि पक्का पहिनी !
हिरोइनको उपहार।