अर्जेन्टिना हार्न सक्छ
बाटुस्टुटा बल लिएर जब डि-एरिया नजिक पुग्थे। जमैकाका गोल किपरको सातो जान्थ्यो। पोलको यो कुना त त्यो कुना गर्दै तिनी त्यसै नर्वस हुन्थे। नर्वस नहुन पनि किन उनी आँखा झिम्क्याइ झिम्क्याइ गोल ठोक्थे। देब्रे आँखा झिम्क्याउँदै प्रहार गरेको स्ट्रोङ सट ग्रेटवाल नै छेड्ला झै गरिको हुन्थ्यो। लिग चरणको म्याचमा ओर्टेगा र बाटिस्टुटाले गरेका ती पाँच गोल सपनामा पनि मैले लामो समयसम्म देखिरहेँ। १९९८ को त्यो विश्वकपमा नेदरल्याण्डसँग पराजित हुँदै अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरियो। पराजयको पीडामा बाटिस्टुटा नराम्रोसँग रोए। म दुःखी भएँ। तर त्यो दुःखले फुटबलको स्ट्रक्चरलाई दार्शनिक कोणबाट बुझ्न मलाई जगाएको थियो। त्यसअघि र पछिका विश्कप मेरो सम्झनामा छैनन्।
यो पटक विश्वकप २०१० को थिम सङ ‘गिभ मि फ्रिडम, गिभ मी फाय’ यूट्युबमा हेरेपछि फेरि फुटबल सवार भएको अनुभव गर्दैछु। अनि सम्झँदैछु ९८ मेरा फुटबल हिरोहरु- बाटिस्टुटा, ओर्टेगा, क्रेस्पो, भेरोन…।
यो ९८ को टिम अर्जेन्टिना हैन र ९८ फ्यान पनि हैन। प्रतिद्वन्द्वीले सक्छन् भने अर्जेन्टिनालाई जति गोल पनि हाने हुन्छ। तर मेस्सीको ‘बनाना किक’मा एउटा पनि बलले जाली चुम्यो भने मैले नयाँ उल्लास मनाउनेछु। अर्जेन्टिना जित्नका लागि खेल्छ, हार्नु फुटबलको नियम हो।
साकिराको विश्वकप गीत: वाका…वाका…
विश्वकप २०१० को थिम सङ।
साकिराको डान्स हेरेपछि डान्सर बन्न नसक्ने रछु भनेर निरास भएको म यो भिडियो हेरेपछि उत्साही भएँ। औंलाले र्याप हान्दै र बेस्सुरले ज्यान हल्लाउन म पनि सक्छु। 🙂
१९८६ को विश्वकप ट्रफी उचाल्दै म्याराडोना। यो विश्वकपमा उनी प्रशिक्षकको भूमिकामा छन्।
लियोन मेस्सी। यो विश्वकपका हिरो।