पार्टीमा याे क्लिक!
हिरोइन करिस्मा मानन्धर नागरिक वार्षिकोत्सव पार्टीमा आकर्षण केन्द्र बनिन्। ४० नाघेकी यी हिरोइनको सौन्दर्य चमत्कार देखेर उनकी छोरीको उमेरका ठिटाहरु समेत फिदा देखिए। हुन त करिस्मासँगै पार्टीमा हिरोइन निरुता सिंह र सुस्मिता केसी पनि थिए। तर पनि टिगफका टेक्निकल सहयोगी लक्ष्मणले भने- ‘करिस्मासँग एक स्नाप प्लिज।’ लक्ष्मण मात्र कहाँ हो र अरु क्षेत्रका एक से एकले पनि उनको ‘करिस्माटिक’ शरीर देखेपछि आफूलाई रोक्न सकेनन्। फोटो खिचाए। नखिचाउन् पनि किन ‘करिस्माटिक’ करिस्माले बायाँ स्तनको माथिल्लो भागमा ट्याटू बनाएर आफूलाई ‘हट’ देखाएकी थिइन्।
स्तनमाथि गुराँसको ट्याटू बनाएकी करिस्माको पोज पनि कम थिएन। क्यामेरा अघि पर्नासाथ मुसुक्क मुस्कान। अनि मेरो निक्कोन ३००० क्लिक ! क्लिक!!
‘उनले बनाएको ट्याटु अस्थायी हो जस्तो छ’, कमलकुमारले शंका जनायो। हो ट्याटु स्थायी र अस्थायी हुन्छ। स्थायी ट्याटू बनाउन सियो वा मेसिनले शरीर खोप्दाको पीडा कम्ति हुँदैन नि फेरि! उनले आफ्नो कोमल अंग छेड्ने पीडा सहेर ट्याटू बनाएकी भए त्यो साहसकै कुरा हो।
ठमेलको वाइजन क्याफेमा बसेर ब्लग फिनिसिङ गर्दै सोच्दैछु- ‘लेन्स लाएका आँखै मादक छन् नि बूढी माउ ! स्तनमा किन बुट्टा भर्नु पर्यो !?’
निरुता र श्रीमान विनोदका साथ
भुवन केसीसँग करिस्मा।
शक्तिशाली नारीः रिपब्लिकाकी आकांक्षा शाह (बायाँ)का साथ करिस्मा र निरुता।
सुरेन्द्र दाइ (बायाँ) राम्रो लेख्छन्, राम्री करिस्मासँग फोटो पनि खिचाए।
कुन हुन् करिस्मा ? राजेश हमालसँग गफिँदै।
करिस्माले आफ्नो मोबाइलको एसएमएस कमलकुमारलाई देखाइन्। मैले सोधिन त्यो भेज जोक थियो कि अरु नै केही ? 🙂
अरुसँग मुस्काउने करिस्मा भुवन र कमलसँग बढी नै सिरियस देखिइन्।
लक्ष्मण, उमेश, कञ्चन र सन्तोषका साथमा करिस्मा र निरुता। करिस्मा देखेपछि सन्तोषले रेखा थापा मिस गर्यो। 🙂
साँझ ६ बजे कक्टेल डिनर सुरु हुनुअघि ‘नागरिक-रिपब्लिका समिट’मा अरुको कल्याणमा जीवन समर्पित गरेका पाँच नागरिक हिरोहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए। नागरिकन्युज डट कमले नेपालको मिडिया इतिहासमै पहिलो पटक टेक्स, फोटो र भिडियो एकैसाथ लाइभ वेबकास्ट गरेको थियो।
नागरिक नायकहरु डा. गोविन्द केसी, महावीर पुन, इन्दिरा सापकोटा, सन्दूक रुइत र खैरुन निसाका साथमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक नारायण वाग्ले तथा रिपब्लिका दैनिकका प्रधान सम्पादक अमित ढकाल।
लाइभ वेबकास्ट गर्दै टिम अनलाइन सदस्यहरु