ज्योति समूहमा विवाद: ४ करोड ३६ लाख भाडा असुलेर अस्पताल बन्द गराउन पद्म ज्योतिको कसरत

Sun Oct 27 0 Comments

बुधबार दिउँसो बर्दी लगाएका एक ट्रक महानगर प्रहरी कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालभित्र प्रवेश गरे। नियोनेटल केयर युनिट (एनसीयु), इन्टेन्सिभ केयर युनिट (आइसीयु), हाइ केयर युनिट (एचएसयु) कक्षका इक्विपमेन्ट हटाउन ७ दिने सूचना टाँसेर फर्किए। महानगरले हटाउनु भनेका उपकरणहरू अस्पतालका सबैभन्दा महत्वपूर्ण युनिटका सामानहरू हुन्। काठमाडौं महानगरपालिकाले सम्वेदनशील युनिटका उपकरण हटाउन दिइएको म्याद आज आइतबारसहित अब […]

Read More

ताता दिनहरू आउनेछन्

Sun Oct 27 0 Comments

मान्छेले दिनदिनै जीवनयापनका सुविधा र उपभोग क्षेत्र थप्दै गइरहको छ । हातहातमा चल्ने स्मार्टफोनको ब्याट्री आयु बढाउनेदेखि, लाखौं टेगाबाइट डाटा भण्डारण गर्ने क्लाउड सेन्टरसम्म । खाना पकाउने चुल्होदेखि एउटा बटन दबाउँदा तातो/चिसो पानीले दिशा धुने ट्वाइलेट ब्रससम्म । प्रत्येक दिन सूर्य उदाउँदा करोड डलर कमाइ गर्ने ठूला उद्योगदेखि लिफ्टको सहारामा चढ्नुपर्ने गगनचुम्बी व्यापारिक भवनसम्म । रिमोट दबाउँदा घरकै ताप […]

Read More

नागरिक मरिरहून्, सत्ता अमर रहोस्!

Sun Oct 27 0 Comments

प्राचीन भारतको बिहारस्थित नालन्दा विश्वविद्यालय भर्ना पाउन विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्थ्यो । १,५०० वर्षअगाडि नै त्यहाँ उत्कृष्टले मात्र भर्ना पाउँथे । करिब ८,५०० विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयका तीन फरक पुस्तकालय थिए । वेद, बौद्ध अध्ययनका सुत्त, विनय र अभिधम्म पिटक, व्याकरण, मानव र चिकित्सा विज्ञानका पुस्तकहरूले पुस्तकालय गुलजार थिए । मध्यएसियाकै अब्बल अध्ययन केन्द्र मानिने नालन्दा तेह्रौं शताब्दीमा ध्वस्त […]

Read More

नयाँ पुस्तक भन्छः बिरामी, बुढो मान्छे, लाश देखेर बुद्धले घर छोडेका थिएनन्

Mon Oct 14 0 Comments

उनी राजकुमार थिए तर राजगद्दीमा बसेनन्। उनी दरबारमा हुर्किए तर राजकागज गरेनन्। राजकुमारीसँग विवाह गरे तर गृहस्थ जीवन बिताएनन्। तथागत बनेर मान्छेलाई शान्तिको बाटो देखाए तर महासागर तरेर उत्तर अमेरिका पुगेनन्। हो, उनी बुद्ध थिए र यो २६ सय वर्ष अघिको कुरा हो। बुद्ध जन्मे हुर्केको समय र अहिलेको मानव समाजबीच ठूलो अन्तर छ। यतिबेला […]

Read More

नयाँ किताब भन्छ: नेपालमा धनीले सबै चिज किन्न सक्छन्, सत्य पनि

Fri Sep 27 0 Comments

‘तिम्रो यो रकेर्डिङ ९५ प्रतिशत बकवास, झुठ र एक पक्षीय छ । …पख्… म देखाइदिन्छु…’, लेख्न थालेको पुस्तक पूरा नहुँदै एउटा अडियो सुनेपछि खोज पत्रकार/लेखक टम बर्जिसलाई ब्रिटेनका व्यवसायी मोहम्मद अमेरसीले धम्की दिए। नेपालदेखि स्वीडेन र रसियादेखि उज्बेकिस्तानसम्म टेलिकम व्यापारका अदृश्य खेलाडी अमेरसी राजनीतिक पार्टीका चन्दादाता हुन्। उनको अर्को पहिचान लोकल्याणकारी काम गर्ने समाजसेवीको पनि […]

Read More